काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने भएका छन् ।
यसअघि महामन्त्री कोइराsaलाले आफू सर्वसम्मतीमा मात्रै दलको नेता बन्न ईच्छुक रहेको सार्वजनिक रुपमा बताएका थिए । तर, उनलाई पार्टीभित्रकै प्रभावशाली नेताहरुले देउवासँग प्रतिष्पर्धा गर्न सुझाव दिएपछि उनी अघि सर्ने बुझिएको हो ।
देउवाको नेतृत्वमा कांग्रेसको संगठन ध्वस्त भएको र चुनावमा पनि लज्जास्पद पराजय व्यहोर्नुपरेको उनी निकटका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
त्यतिमात्रै होईन, अहिले सशांक खेमाका प्रभावशाली नेताहरु त सभापतिबाट देउवालाई तत्काल हटाउनुपर्छ भन्ने पक्षमा पुगिसकेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार सशांक पनि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा पुगिसकेका छन्