काठमाडौँ/ राष्ट्रियसभा सदस्य मनोनयनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाल तरुण दलले राष्ट्रपति भवन शीतलनिवासअगाडि नाराबाजी गरेको छ।

तरुण दलले राष्ट्रपतिलाई नेपालको संविधानसहित ज्ञापन पत्र पनि बुझाएको छ। राष्ट्रपति भण्डारीले देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि गरेको सिफारिसलाई रोकेर ओली सरकारले गरेको सिफारिसलाई सदर गरेकी थिइन्। राष्ट्रपतिको सो कदम असंवैधानिक भएको विपक्षी दल कांग्रेसले आरोप लगाउँदै आएको छ। नेपालखबरबाट