काठमाडाै/ बि एण्ड सी मेडिकल कलेजका  संचालक दुर्गा प्रसार्इले डा गाेबिन्द केसीले राजिनामा दिएर टिचिङबाट निस्कनु पर्ने बताएका छन ।

प्रधानन्यायाधिश गाेपाल पराजुलीकाे नागरिता तथा प्रमाणपत्रहरूलाइ लिएर अनसन बसेका केसीकाे अाफै ३ वटा जन्म मिति भएकाे संचार माध्यममा अाएपछि प्रसाइले याे कुरा बताएका हुन । प्रसाइले नैतिकताकाे अाधारमा पनि केसीले राजिनामा दिनुपर्ने जाेड दिए ।

नेपाली बहसमा पत्रकारसंग कुरा गर्दै प्रसाइले भने ‘केसीले जनतालाइ भ्रममा राखेका छन। अाफ्नाे जिउमा भैसी नदेख्ने अर्काकाे अाङमा जुर्मा छ भन्दै हिड्ने केसीले थाेरै नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’

प्रसाइले भने म मेडिकल संचालक हुं तर मलाइ केसीले मेडीकल माफिया भन्नुहुन्छ के म मेडिकल माफिया हुं त ?  केसीले जसलार्इ जे भन्न पनि पाउने ? उनले भने ‘टिचिङ अस्पताल उपचार गर्ने थलाे हाे गाेबिन्दकाे अनसन बस्ने थलाे हाेइन ।’

प्रसाइले  भने  ‘ केसीले काेटा कटाएर गरिव बिद्यार्थीहरूकाे एम बि बि एस पढ्ने चाहानालाइ कटाएर बिद्यार्थीहरूलाइ बिदेशिन बाध्य बनाएका छन ।’ कुराकानिमा प्रसाइले केसी युराेपियन युनियनकाे पैसामा चलेकाे दलाल भएकाे भनेर भन्न भ्याए ।