काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले चुनौति दिने भएका छन्।

देउवाले आफ्ना परम्परागत सहयोगी र नवप्रवेशी कांग्रेस नेताहरु अर्बपति बिनोद चौधरी र शिक्षा व्यावसायी उमेश श्रेष्ठहरुलाई आफू दलको नेतामा चुनिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका बुझिएको छ ।

यता बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाईरहेको सन्दर्भमा पूर्व महामन्त्री सिंहलाई दलको नेता जिताउन देशव्यापी लविङ्ग भैरहेको एक पूर्व मन्त्रीले बताएका छन् ।

केन्द्रीय कार्यसमितिको आईतबार बस्ने बैठकमा निर्वाचनमा भएको पराजयको गहिरो समीक्षा पनि गरिने भएको छ । साथै संसदीय दलको नेताका बिषयमा समेत छलफल हुने स्रोतले जनकारी दियो ।

कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे बस्ने छ ।

साभारः सरलपत्रिका