बिर्तामोड । नेपाल दशनामी समाज कन्काई नगर समितिको दोस्रो अधिवेशनले नारद गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । झापाको लक्ष्मीपुरमा शनिवार भएको अधिवेशनले समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश तिलक गिरी, सविना पुरी, सरोज गिरी र रिता गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा धनबहादुर बन, धनबहादुर पुरी, ललीतमान भारती, टेकबहादुर गिरी, शिवकुमार गिरी र अम्बिका गिरी सर्वसम्मत चयन भएका छन् । अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरी रहेका थिए । कार्यक्रममा केदारशम्सेर गिरी, टेकबहादुर गिरी, पुर्णिमा गिरी, रिता गिरी लगायतको उपस्थिति रहेको थियो । थामनारायण गिरीले स्वागत गरेको कार्यक्रमलाई खड्ग गिरीले सञ्चालन गरेका थिए । त्यसैगरी शिवसताक्षि नगर समितिको दोस्रो अधिवेशनले पुनः केशव गिरीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । शिवसताक्षि नगरपालिकाको जनता चोकमा शनिवार भएको अधिवेशनले समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशभिम भारती, यादव गिरी, कमल गिरी र कमला गिरीलाई सर्वसम्मत चयन गरेको छ । कार्यसमिति सदस्यमा तुलसी भारती, श्रवणकुमार भारती, जीतबहादुर बन, लीला गिरी, मित्रलाल पुरी र अमृत गिरी चयन भएका छन् । केशव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरी रहेका थिए । जीतबहादुर बनले स्वागत गरेको कार्यक्रममा जिल्ला सदस्य यादव गिरी, इन्द्रलाल गिरी, भिम भारती, कमल गिरीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कुमार गिरीले गरेका थिए ।