धनकुटा । धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले आ.व.०७५÷०७६ देखी धनकुटा नगरवासीको जिल्ला अस्पतालमा हुने सम्पुर्ण उपचार सेवानिःशुल्कहुने वताएका छन् । जिल्ला अस्पताल धनकुटाको १०४ औं वार्षिक उत्सव समारोह एवं एवं छैटुङ स्वास्थ्य सेवादिवशको अवसरमाआयोजितविशेष कार्यक्रममाप्रमुखअतिथिको आशनबाट बोल्दै नगर प्रमुखतामाङले मंगलवार यस्तो वताएकाहुन ।
राज्यको सवै तहमा स्वास्थ्य सेवाको पुर्वाधार, गुणस्तरिय र जनमुखीस्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार भन्ने मुल नाराको साथआयोजितवार्षिक उत्सव समारोहमातामाङले आगामीवर्षको श्रावण महिना देखी धनकुटा नगरवासीको सम्पुर्ण उपचार खर्च नगरपालिकाले ब्याहोर्ने वताएका छन् । उनले नगरपालिकाले नगरवासीको स्वास्थ्यउपचारको लागीविशेष नीतितथाकार्यक्रमतर्जुमागरिहेकाले धनकुटा अस्पतालवाट नगरवासीकालागीहुने सवै खाले उपचार सेवानिःशुल्क रुपमाहुने पनि स्पष्ट पारेका छन् । सो अवसरमावोल्दै प्रमुखतामाङले धनकुटा अस्पतालको स्तर उन्नतीगर्न नगरपालिका कटिवद्ध रहेको र धनकुटा अस्पताल अव चाँडै नै ५० शैयाको हुने पनिवताएका छन् । उनले भने “अव धनकुटा अस्पतालले चाँडै फड्को मार्छ, आउने विरामीहरुलाई डाक्टर एवं चिमित्सकहरुले हेर्ने वित्तिकै आधाविरामविरामीको च्वाट्टै निको व्यावहार गर्नुहोस ।” सो अवसरमाप्रमुखतामाङले हालै जिल्ला अस्पताल धनकुटामा स्थापनागरिएको अस्पतालमा प्रयोग हुने सम्पुर्ण कपडाहरुलाई किटाणु रहित ढंगले सफागरिने अत्याधुनिकऋक्क्म् कक्षको पनिविधिवत रुपमा रिवन काटेर समुद्धघाटन गरेका थिए । अस्पताल विकास समितिकाअध्यक्ष सुनिल डंगोलको अध्यक्षतमा सम्पन्नवार्षिक उत्सव समारोह एवं छ्रटुङ्ग स्वास्थ्य सेवादिवशको अवसरमाजिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा.फडिन्द्र वराललाई समितिको तर्फवाट अस्पतालले दिनु पर्ने सेवाप्रभावकारी भएको भन्दै सम्मानगरिएको थियो । साथै सो अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये सर्वोउत्कृष्ठ कार्य गर्नु हुने रेडियोलोजीविभागमाकार्यरत डा.अमितकुमार शाहालाई पनि अस्पताल विकास समितिको तर्फवाट कदरपत्र सहित पुरस्कृत गरिएको थियो । त्यसैगरी अस्पतालमा कार्यरत डाक्टरहरु हेम सागर गौतम, बविन रेग्मी, नइन्द्र महर्जन, प्रितियादव, सुमन जसवाल, महेश्वर ताजपुरिया र तोर्णकट्वाललाई पनिकदरपत्रले सम्मानगरिएको थियो । सो अवसरमा अस्पतालको विभिन्नविभागमाकार्यरत अन्यकर्मचारीहरुलाई पनि सो अवसरमाकदरपत्रप्रदानगरिएको थियो । सो अवसरमापुर्व अस्पताल विकास समितिकाअध्यक्षनगेन्द्र पोखरेल, आदिवासीजनजाति महसंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राई, वडा नं.७ का वडाध्यक्ष जंङ्गवहादुर राई, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्षउमेश घिमिरे,, धनकुटा नगरपालिकाकावरिष्ठ कार्यकारी अधिकृत टिकादत्त राइले पनिशुभकामनामन्तव्यव्यक्त गरेका थिए । कार्यक्रमको संचालनजिल्ला स्वास्थ्यकार्यालय धनकुटाका प्रशासनशाखाप्रमुख खिरवहादुर वुढाथोकीले गरेका थिएभने स्वागतमन्तव्य डा.वरालले राखेका थिए ।