पानवारी । निर्धन उत्थान बैक लिमिटेड पानवारी शाखाले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।
रेल्वे देविथान महिला स्वावलम्बी समुहकी सदस्य तारा देवि विश्वकर्मा निधन भएपछि विकले पाउने बिमा रकम मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । मृतकका श्रमिान् सुब्बर विश्वकर्मालार्ई विमा वापतको रकम रु १ लाख ५१ हजार ८ सय रुपैया हस्तान्तरण गरिएको हो । विमा रकम शाखा कार्यालय पाचंकन्याका निमित्त शाखा प्रमूख बैजनाथ शर्मा प्रदान गरेका थिए ।
निमित्त शाखा प्रमूख शर्माका अनुसार समुहका सदस्यले कर्जा लिएपछि बैकको नियम अनूसार बिमा गरी सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३८ प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय ७८ प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था भएको बताए । यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा पनि क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।
बैकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी ऋण प्रभाव मार्फत कार्यक्रम विस्तार गर्दै महिला दिदी बहिनीहरुको जिवनस्तरमा परिवतर्नन गरेकोमा समुहका सदस्यहरुले धन्यवाद दिदै यस्तो कार्यले समुहका सदस्य तथा सदस्यको परिवारलाई राहत हुने भनाई छ ।