विराटनगर/ मोरङ र ओखलढुङ्गमा बुधबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनमा ६ जना घाइते भएका छन्।
मोरङको सुन्दरहरैचा नगरपालिका-१ मा बा ६२ प ५०५२ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा सोही ठाउँको जनता माध्यमिक विधालयमा कक्षा ५ मा अध्यनरत १३ बर्षिया सीता अधिकारी र पछाडी सवार १२ बर्षिया नेहा खवास घाइते भएका छन्।
घाइते दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने स्कुटर र चालक इलाका प्रहरी कार्यालय हरैचाको नियन्त्रणमा छन्।
यस्तै मोरङकै बुढीगंगा गाउँपालिका-५ स्थित भित्री सडक खण्डमा को ३ प ४७२५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँका १८ बर्षिय ताजुदिन मिया घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकलका चालक १६ बर्षिय बेद शर्मा समेत घाईते भएकाले दुवैको सामुदायिक अस्पताल दुहवीमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय निमुवाले जानएको छ।
यस्तै बुढिगंगा गाउँपालिका-१ स्थित टंकी चोकमा को ८ प ३४२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका किशोर राजवंशीको १० बर्षिय छोरा कृष्ण राजवंशी घाइते भएका छन्।
घाइते बालकको बिराट मेडिकल कलेज गंगा चोकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
यता ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-३ स्थित दियालेमा रबुवाबाट खानिभन्ज्याङ तर्फ जादै गरेको बा २७ प ५६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका २७ बर्षिय दिलिप राई गम्भिर घाइते भएक छन्। उनको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भइरेहको छ।