पानवारी । १ नं. प्रदेशको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले सुनसरी उद्योग वाणिज्य संघको आयायेजनमा उक दिने गोष्ठी हुने भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटोरियम हलमा शनिबार हुने गोष्टीमा सुनसरी उद्योग वाणिज्य संघको तर्फबाट प्रा.डा. प्रमोदकुमार झा, स्वतन्त्र उर्जा उत्पाददक संघका अध्यक्ष शैलेन्द्र गुरागाई, कृषि विज्ञ विष्णु काफ्ले, पर्यटन विज्ञ कृष्ण शाहले कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन विज्ञ गणेशप्रसाद तिम्सिना लगायतका विज्ञहरुले टिप्पणी गर्ने र अन्तिममा दस्तावेज बनाएर सम्बन्धित मन्त्रालयमा बुझाइने बताइएको छ ।
बुधबार उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको थियो । गोष्टीमा १ नं. प्रदेशका सभामुख माननीय प्रदीप भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुशैयत,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती राजकुमार रौनियार लगायत १ नं. प्रदेश अन्तर्गत १४ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुखको उपस्थिति हुने सुनसरी उद्योग वाणिज्य संघ धरानका प्रचार सचिव उपेन्द्र चाम्लिङले जानकारी दिएका छन् ।