विराटनगर/ सुनको कारोबारी गर्ने उर्लाबारी– ७ का ३६ वर्षिय सनम शाक्यको हत्या भएको छ ।

विराटनगर –३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कोर्पियो गाडीमा मृत अवस्थामा भेटिएको थियो । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले शवसँगै तीन जनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । ‘नियोजित रुपमा हत्या भएको देखिन्छ,’ एसपी बिसीले भने, शवसँगै तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’ अनुसन्धान प्रभावित हुने भएकोले प्रहरीले पक्राउ गरेकाहरुको नाम सार्वजानिक गरेको छैन ।

थप अनुसन्धानपछि नियन्त्रणमा लिएकाहरुको नाम सार्वजानिक गर्ने एसपी विसीले बताए । अपराध महाशाखा काठमाण्डौले समेत ती पक्राउ गरेका व्यक्तिहरुलाई खोजी गर्दै आएपछि मोरङ प्रहरीले विराटनगर ३ गुर्दाचौकको गोदुलीमार्गबाट पक्राउ गरेको बताइएको छ ।

मृतकको शरीको विभिन्न भागमा कालो–कालो दाग देखिएको छ । करेन्ट लगाएर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । मृतकको शव पोष्मार्टको लागि विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा राखिएको छ ।