सुनसरी । सुनसरीको इटहरी-२ दंगाल टोल बस्ने २३ बर्षिय सन्तोष घिमिरे र उनकै भाइ २१ बर्षिय सम्पूर्ण घिमिरे शनिबार कुटपिटबाट घाइते भएका छन्।

उनलाई सोही ठाउँका आकाश तामाङ र बिशाल मगरले बेलुका १० बजेतिर सामान्य विवाद हुँदा कुटपिट गरेको बताइएको छ। कुटपिटबाट घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने कुटपिट गर्ने दुवै फरार रहेरकाले खोजी भइरहेको प्रहरी चौकी तरहराले जनाएको छ।