धनकुटा । प्रदेश नं.का मुख्य मन्त्री शेरधन राईले प्रदेश नं.१ राजधानी र नामांकन संवैधानिक प्रक्रियावाट चाँडै टुङ्गो लाग्ने वताएका छन् ।
चौथो धनकुटा महोत्सबएबम् औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीको आईतवार धनकुटाको टुडिखेलमा समुद्धघाटन गर्दै मुख्य मन्त्री राईले यस्तो वताएका हुन ।
उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा ‘कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र व्यापार, समुन्त प्रदेश नं. १ को आर्थिक विकासको मुल आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव उद्धघाटन समारोहमा राईले पुर्वि पहाडको जनताको भावानलाई सम्वोधन हुने गरि प्रदेशको रजाधानी तोकीनेमा ढुक्क हुन सहभागीलाई आग्रह गरेका छन् ।
मुख्य मन्त्री राईले अघिल्लो सरकारले धनकुटा र पुर्वि पहाडको भावाना वुझ्न सकेन, अहिलेको सरकारले पुर्वि पहाड र धनकुटावासीको भावानालाई जसरी भए पनि सम्वोधन गर्ने वताएका छन् । उनले प्रदेशको राजधानी र नामांकनको टुङ्गो लगाउने काम प्रदेशसभाको २ तिहाई वहुमतले गर्ने भएकाले त्यसमा धनकुटालाई प्रदेश नं.१ को राजधानी वनाउने विषयमा आफु गम्भिर भएर कुरो उठाउने पनि प्रतिवद्धता जनाएका छन् ।
साथै मुख्य मन्त्री राईले उनले अव वन्ने प्रदेश मातहतको भौतिक संरचनाहरु संघियताको मर्म र भावानालाई सम्वोधन गर्ने गरि निर्माण गरिने पनि स्पष्ट पारेका छन् । उनले अव वन्ने भौतक संरचना एक्कै ठाउँमा केन्द्रिकृत गरेर निर्माण नगरिने पनि स्पष्ट पारेका छन् । राईले प्रदेश नं.१ लाई आर्थिक समृद्धि तर्फ उन्मुख गर्नको लागी आवको ५ वर्ष भित्र लोडसेडिङ्ग मुक्त वनाउने घोषणा गरिएको दावी गरेका छन् ।
उनले प्रदेश नं.१ को विकास र समृद्धिको लागी चिनसंग जोडिएको किमाथाङ्गका नाका र ओलाङ्गचुङ्ग गोलाको दुई नाका तत्काल खुल्ला गर्ने पनि वताएका छन् । विदेशी लगानी भित्र्याउने जलश्रोत र पर्यटनको क्षेत्रमा प्रदेश नं.१ धेरै सम्भावना रहेकाले त्यस तर्फ आफु केन्द्रित रहने पनि मुख्य मन्त्री राईले स्पष्ट पारेका छन् । देश निजि क्षेत्रको लगानी विना अघि वढ्न नसक्ने भएकाले निजि श्रेत्रलाई वढी भन्दा वढी प्रदेश सरकारले प्राथमिकतामा राख्ने मुख्य मन्त्री राईले जोड दिएका छन् । सो अवसरमा धनकुटालाई प्रदेश नं.१ राजधानी वनाउन गठित संघर्ष समितिको तर्फवाट मुख्य मन्त्री राईलाई ज्ञापन पत्र समेत वुझाइएको थियो ।
त्यसैगरी प्रदेश सांसद निरेन राईले पनि धनकुटालाई प्रदेश नं.१ राजधानी वनाउने सके मात्र पूदेश नंं.१ समुचित विकास हुने वताए । उनले आफु जसरी भए पनि धनकुटालाई प्रदेश नं.१ राजधानी वनाउने अभियानमा प्रदेशसभामा आवश्याक समन्वय र सहकार्य प्रदृश सांसदहरुसंग गरिहेको वताएका छन् । त्यसैगरी अर्का प्रदेश सांसद इन्द्रमणी पराजुलीले अवको विकासको विकल्प भनेको हिमाल, पहाड र तराई जोड्ने रहेकाले प्रदेश नं.१ राजधानी वनाउने विषयमा कुनै पनि गणितिय खेलमा प्रदेशसभा लागी नपर्ने ठोकुवा गरेका छन् ।
धनकुटा उधोग वाण्ज्यि संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा सम्पन्न चौथो धनकुटा महोत्सवमा प्रदेश सांसदहरु आरसी तुम्वा, लिला सुव्वा, विना देवी राई, कुसुम श्रेष्ठले पनि उद्धघाटन सत्रलाई सम्वोधन गरेका थिए । त्यसैगरी जिल्ला समन्वय समितिका अध्यक्ष टंक चौहान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पुर्व सांसदहरुको तर्फवाट दुर्गा लिंखा, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, व्यापार संघ मोरङ्गका अध्यक्ष मुके उपाध्याय, भिजन इनर्जीका संचालक समितिका सदस्य देशवन्धु कार्की, उधोग वाणिज्य महासंघ केन्द्रका कार्यकारी सचिव राजेन्द्र रावत लगायतले शुभकामान मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा उधोग वाणिज्य संघ धनकुटाका निवर्तमान अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, साहित्यकार झमक घिमिरे, एल्पी जोशि, धनकुटे कान्छा, खगेन्द्र घिमिरे र मरणोउप्रान्त धनकुटाका पुराना व्यावसायी कुलवहादु प्रधानलाई सम्मान गरिएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष तारा तितुङ तामाङले राखेकी थिईन भने कार्यक्रमको संचालन महासचिव रोशन श्रेष्ठले गरेका थिए । महोत्सवको औपचारिक सभा शुरु हुन पुर्व विभिन्न जातिय झाँकी सहित धनकुटा वजारको परिक्रमा गरिएको थियो । साँस्कृतिक झाँकीमा हजारौ धनकुटेलीहरुको सहभागिता रहेको थियो । महोत्सव फागुन २० गते देखि ३० गतसम्म संचालन हुने छ ।
महोत्सवमा १ सय २५ वटा प्रर्दशनी र २५ वटा फुड स्टल गरी १ सय ५० वटा स्टल निर्माण गरीएको छ । स्टलमा नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगवाट उत्पादीत वस्तुहरु तथा कला संस्कृति झल्कने कार्यक्रम एवम् वस्तुहरुको प्रदर्शनी रहनेछ । महोत्सव अवधिभर करिव २ लाख आन्तरिक तथा वाह्रय पर्यटकहरुले अवलोकन गर्दा २ करोड रुपैया भन्दा वढीको आर्थिक कारोवार हुने अनुमान आयोजकले जनाएको छ ।
प्रदेशको राजधानी र नामांकन संवैधानिक प्रक्रियबाट चाँडै टुङ्गो लाग्ने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























