विराटनगर /मोरङ कारागारमा लागूऔषधको मुद्दामा कैद भुक्क्तान गर्दै आएका एक कैदी आँखाको उपचार गर्ने बहानामा यौनकर्मी युवतिसग यौन प्यास मेटे र सुरक्षामा खटिएका प्रहरीलाई ती यौनकर्मी भिडाएर कैदी उम्किएपछि प्रहरी हल्दार जेल जानु परेको छ । मोरङको उर्लाबारी – ७ घर भएका कैदी उमेशकुमार चौधरीले बुनेकोे यौन चाहना पुरा गर्ने योजनामा पर्दा कारागारको सुरक्षामा खटिएका प्रहरी हवल्दार अशोककुमार शाह आफै कैदी भगाएको आरोपमा जेल जानु परेको हो । मोरङ कारागारमा तीन बर्षदेखि कैद भुक्त्तान गर्दै आएका चौधरी आँखाको उपचार गर्ने बाहनामा १५ माघमा कारगारबाट हवल्दार शाहको रोहवरमा विराटनगर स्थित विराट आँखा अस्पताल आएका थिए । बाहिर आएपछि अस्पताल जान छाडेर हवल्दार शाहको मिलेमतोमा नजिकैको लजमा कोठा बुक गरेर भाडाकी यौनकर्मी युवतीसँग कैदी चौधरीले यौन प्यास मेटाएका थिए । आफूले यौन प्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार शाहलाई पनि यौन सम्पर्क गर्न पठाएर आफू भने फरार भएका थिए । अक्षभ्य गल्ति गरेको र कैदी भगाउन सहयोग गरेको आरोपमा मोरङ प्रहरीले हवल्दार शाहलाई कारगार ऐन अन्र्तगत जिल्ला अदालतलमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले मंगलबार प्रहरी हल्दार शाहलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दियोे । अदालतको आदेश अनुरुप मोरङ प्रहरीले प्रहरी हवल्दार शाहलाई कारागार चलान गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले संगठनको आचारण बिपरित काम गरेकोले हवल्दार शाहलाई निलम्बन गरि पुर्पक्षका लागि मोरङ कारागार पठाएको र कारागारको कमाण्ड गर्ने असई हरिबहादुर कार्कीलाई निलम्बन गरेको बताए । ‘गल्ती गर्ने कसैलाई छुट छइन,’ प्रहरी प्रमुख एसपी बिसीले भने, ‘गल्ती गर्दछन् भने कारवाहीको भागिदार बन्नुपर्दछ ।’ यसरी फरार भए कैदी भहअवैध लगूऔषध ब्राउन सुगरसहित पक्राउ परी २०७२ चैत २ गते अदालतबाट ५ वर्षको कैद सजाए पाएर चौधरी मोरङ कारागार चलान भएका थिए । उनी कारागारको कैदीहुँदै नाइके सम्म भए । कारागारका अन्य कैदीभन्दा नाइकेले अलिक बढी सुविधा पाउने र सुरक्षा समेत कम हुने गर्दछ । कारागारबाट भाग्ने योजनामा बनाएर उनले आँखामा समस्या भएको कारागार प्रशानलाई जानकारी गराए । तत्काल उनलाई उपचारको लागि कारागार सुरक्षामा खटिएका प्रहरी हवल्दार शाहको कमाण्डमा विराट आँखा अस्पतामा पु¥याए । अस्पतालको पूर्जी समेत काटे । तर, उपचार गर्न छाडेर उनीहरुको मन अर्कै तिर मोडियो । तिव्र यौन चाहना पुरा गर्ने । नजिकैको एक होटलमा पुगे । यौनकर्मी महिला भेटे । १ हजार ५ सय रुपैयाँ दिने सहमति भयो । कैदी चौधरीले पहिले यौन प्यास मेट । त्यतीबेरसम्म प्रहरीले बाहिर पर्खेर बसे । यौन प्यास मेटे र होटलमा बसेबापतको पैसाँ चौधरीले नै तिरे । यौनसम्पर्क गरेपछि चौधरी बाहिर आए । आफूले यौन प्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार शाहलाई पनि यौन सम्पर्क गर्न होटलतिर पठाए । प्रहरी होटल भित्र पसेको मौका छोपी चौधरी त्यहाँबाट फरार भए । फरार भएको दश दिन पछि पक्राउ यौन चाहनाको लोभ देखाउँदै प्रहरीलाई झुक्याएर भागेका लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका कैदी चौधरीलाई मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी फरार भएको दश दिनपछि काठमाडौंको नारयणटारबाट बिहीबार पक्राउ गरेका छन् । प्रहरीले कैदी चौधरीलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरीका सादा पोशकमा खटिएका प्रहरी नै परिचान गरेको थियो । प्रहरीले विशेष निगरानी खोजी गर्दै फरार भएको १० दिनपछि काठमाण्डौ नारयणटारबाट प्रक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी बिसीले जानकारी दिए । फरार भएको कारण उनले भुक्तान गर्नु पर्ने थप अवधिको बढने भएको  छ । फरार हुँदा ‘डेढा’ कारबाही हुने गर्दछ । फरार नभएको भए चौधरी ३ वर्षमा छुटथे भने अब साढे चार वर्ष जेलमै बिताउनुपर्नेछ । चौधरीलाई झुम्का कारागारमा   फरार भएका कैदी चौधरीलाई पक्राउ गरी अदालतमा हाजिर गराएर सुनसरीको झुम्का कारागार पढाएको छ । मोरङ कारागारमा चौधरीलाई राख्दा सुरक्षामा चुनौति देखिने भन्दै उनलाई झुम्का कारागार पढाएको मोरङ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिए  । कैदी उमेशकुमार चौधरी । साप्ताहिकबाट