भद्रपुर । नेपालमा प्रतिबन्धित ४५ थान लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका ७ का ४५ वर्षिय सुरेश मुखियालाई लागु औषधसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भारतवाट लागुऔषध लिएर नेपाल आउदै गरेको अवस्थामा वडा प्रहरीले स्थापना गरेको भद्रपुर ५ स्थित मेचीकिनार चेक पोष्टवाट चेकजाँचको क्रममा लागुऔषध बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगुले बताए । मुखियामाथि शंकालागि चेकजाँच गर्दा १५ थान डाइजेपाम,१५ थान नरफिन र १५ थान फेनारगन बरामद गरिएको इन्सपेक्टर जवेगुले जनाए । घट्नापछि मुखियालाइ पक्राउ गरि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको उनको भनाइ छ । पक्राउ परेका व्यत्तिलाइ सात दिनको म्याद थप गरि लागुऔषध सम्बन्धि मुद्दा चलाइएको प्रहरी कार्यालय झापाका मुद्दा शाखाका इन्सपेक्टर देवि पौडेलले जनाए ।