विराटनगर/ मोरङ र सुनसरीमा सोमबार आगलागीबाट तीन लाख तीस हजार बराबरको धनमाल क्षति भएको छ।
विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ। आगलागी साँझ ७;३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रण गरिएको छ।
यसैगरी सुनसरी वराह नगरापालिका ९ प्रकाशपुर बस्ने टिकाराम राउतको गोठमा राती ११ बजे अचानक आगलागी भएको छ। आगलागीबाट राउतको गोठमा भएका तीन वटा बाख्रा जलेर मरेका छन। आगोले काठले बनेको गोठ तथा चौपाया जल्दा तीन लाख बराबरको क्षति भएको बताईएको छ। आगलागी दमकलको सहयोगमा राती १२ बजेतिर नियन्त्रणमा आएको छ।