इटहरी/ इटहरी–१६ स्थित हरिप्रसाद पाण्डेको घरमा पालेको गाईले आठ वटा खुट्टा भएको बाच्छी जन्माएको छ ।
आइतबार दिउँसो एकै मुख र तर, दुई वटा जीउ र आठ वटा खुट्टा भएको बाछी जन्मिएको र केही समय बाँचेको थियो । हरिप्रसादका छोरा धिरज पाण्डेका अनुसार लामो समय सम्म गाई लाई विराम लागे पछि पशु चिकित्सकहरुले ८ घण्टाको प्रयासमा बाछी निकालेका थियो । सो बाछी मृत पश्चात् केन्द्रीय प्रविधी क्याम्पस हात्तिसारको म्युजियममा लगिएको पनि धिरजले बताए । यस अघि सामान्य अवस्थामै रहेको सो गाईले तेस्रो बेतमा यस्तो बाछी जन्माएको हो ।
गाई अहिले सामान्य अवस्थामा आइ सकेको छ । आठ वटा खुट्टा भएको बाछी जन्मिए पछि हेर्नेहरुको बाक्लो भीड लागेको थियो ।