भद्रपुर नेपाली उपभोक्तालाई मध्यनजर गर्दै सहज रुपमा खाद्य व्यापारको लागि चीनको एक टोलीले नेपालसग छलफल अघि बढाएको छ । झापाको मेची उद्योग वाणिज्य संघ र भुटानवाट आएका पाँच सदस्य व्यवसायी बीच मंगलबार मेची भन्सार कार्यालय काकाडभिट्टामा छलफल अघि बढाएको हो । भुटानका कृषि तथा बजार निर्देशक योनतेन ग्याम्सोको नेतृत्वमा आएका तेस्रीङ याशी,तेस्रीङ् दोर्जे,दावा डाक्पा र भीमराज गुरुङ्को विशेषज्ञ टोलीले मुख्य रुपमा भुटानी आलुको विषयमा छलफल गरेको थियो । भुटानको आलु भारत हुदै नेपाल आयत हुदा मूल्य वढी पर्ने भई व्यापारी तथा उपभोक्ता मारमा परेको समस्यालाई दृष्टिगत गरी भुटानवाट सिधै नेपालमा आलु आयतका लागी छलफल भएको मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । व्यापारको लागी भन्सार प्रक्रिया लगायत व्यापारीसंग गहन रुपमा छलफल भएको निर्देशक बस्नेतले बताए । भुटानको आलु भारतको एजेण्टले खरिद गर्ने र भारतवाट नेपालका आलु व्यवसायीले खरिद गर्नु पर्ने बाध्यतालाई सहजरुपमा सधिै नेपाल ल्याउने विषयमा छलफल भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेक बहादुर अर्यालले बताए । छलफलमा नेपालका व्यवसायी भुटान जाने र कुनै पनि व्यवसायी विधि अपनाएर खरिद गरिने भन्ने सम्मको छलफल भएको प्रमुख भन्सार अधिकृत अर्यालले जनाए । झापाको व्यापारको बारेमा निर्देशक बस्नेतले सहजीकरण गरेका थिए । मेची उद्योग वाणिज्य संघका बरीष्ठ उपाध्यक्ष ललीत तामाङ्को अध्यक्षता तथा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेचीनगर, काकडभिट्टा,विर्तामोड क्षेत्र लगायतका व्यवसायीहरुको उपस्थिती रहेको थियो । टोलीले बुधबार विराटनगरमा छलफल गर्ने कार्यक्रम रहेको निर्देशक बस्नेतले जानकार िदिए ।