पथरी ब्रेस क्यान्सर पीडित संगिता लिम्बुलाई उपचारको लागी इजरायलबाट सहयोग गरेका छन् । सोमबार पथरीशनिश्चरेस्थित सिरिजंघा धार्मिक वनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी किरात याक्थुम चुम्लुङ इजरालले पठाएको नगद रु. २ लाख ७५ हजार ९ सय रुपैयाँ लिम्बुलाई हस्तान्तरण गरिएको हो । किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य खिनमाया लिम्बूले ताप्लेजुङ थुङ्मेदिनकी क्यान्सर पीडित लिम्बुलाई सो रकम हस्तान्तण गरेकी हुन् । किरात याक्थुम चुम्लुङ इजरायलकी सचिव नुमा काङ्बा बोखिमको संयोजनमा रकम संगिता लिम्बुलाई हस्तान्तरण गरिएको थियो । इजरायलबाट आएको सहयोग रकम पथरीशनिश्चरेकी पार्वता लिम्बूबाट विरामीले पाएको हो । विरामी लिम्बुको हाल भरतपुरको क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।अहिले सम्म उनीलाई ५ लाख बढी खर्च भइसकेको छ । लिम्बुको आर्थिक अवस्था कमजोर रहेको हुनाले विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेको छ । ५ सन्तानकी आमा संगिता विगत एक वर्ष देखि ब्रेस क्यान्सर पीडित रहेको र आर्थिक सहयोग जुटाउन सके बाँच्न सक्ने अवस्था रहेको डाक्टरहरुको बताएको उनले सुनाई ।