इटहरी/ ओशोको दर्शनलाई व्यापक बनाउन इटहरीबाट मेची–महाकाली आध्यात्मिक जागरण अभियान गरिने भएको छ ।
ओशो दर्शनलाई व्यापक बनाउँ बोधिसत्व स्वामी आनन्द अरुणको सहभागितामा आगामी चैत्र ८ गतदेखि इटहरीबाट अभियान थालनी गर्ने भएको हो । आध्यात्मिक जागरण अभियानका प्रदेश नम्वर एकका संयोजक स्वामी योगनित्यानन्दले शनिबार पत्रकारसम्मेलन गरी सो अवसरमा ओशो साहित्यका पुस्तकहरु समेत विशेष छुटमा उपलब्ध हुने जानकारी दिए ।
इटहरीबाट शूरु हुने अभियान इनरुवा, धरान, विराटनगर, माइधार झापा, इलामको हर्कटे र विर्तामोडमा पुगेर कार्यक्रम समापन हुने ओशो विश्रान्ति ध्यान केन्द्र इटहरीका अध्यक्ष लेखनाथ सिवाकोटीले जानकारी दिए । इटहरीमा ओशो विश्रान्तिी ध्यान केन्द्र इटहरीको आयोजनमा चैत्र ८ गते साडे तीन बजेदेखि बेलुका ७ बजेसम्म तनाव व्यवस्थापन सम्वन्धी प्रशिक्षण प्रवचन दिने जनाइएको छ ।