मोरङ । मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ त २०३७ को ट्र्याक्टर सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ। उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
जन्ती बोकेको ट्रयाक्टर दुर्घटना २५ घाइते, २ को अवस्था गम्भिर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























