विराटनगर/ धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा आइतबार चट्याङबाट एक जनाको ज्यान गएको भन्ने जानकारी प्राप्त भएको छ।

साँझ ५ बजेतिर खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको भन्ने खबर प्रहरी चौकी सिंघुवामा प्राप्त भएको हो।

घटना बारेमा प्रहरीबाट बुझ्ने कार्य तथा घटनास्थलमा टोली खटि गएका छन्।