शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकामा जनप्रतिनिधिको निर्वाचन भएको साढे ८ महिनापछि मात्र त्यहाँको वडा नम्बर १० को कार्यालय स्थापना भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले भूटानी शरणार्थी शिविर क्षेत्रमा आप्रवास सम्बन्धी अन्तरराष्ट्यि संस्था ( आइओएम) को पहिले कार्यालय रहेको भवनमा खडा गरिएको वडा कार्यालयको उद्घाटन् गरेकी छन् । उनले सवै पक्षसँगको सहकार्यमा वडा र नगरको विकास योजना अघि बढ्ने वताउँदै सवैले सकारात्मक रुपमा सहयोग पुर्याउनु पर्ने वताइन् ।
सीआर जम्बुलिङ वज्रगुम्वासँग कार्यालय राख्ने विषयमा छलफल भइ सहमति भएपछि कार्यालय उद्घाट्न भएको थियो । कार्यालय व्यवस्थापनमा ढिलाई हुँदा पथरीमा रहेको नगरपालिका कार्यालयबाटै अप्ठेरो गरी सो वडाको काम कारवाही हुँदै आएको थियो ।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष मैनाकुमारी आचार्यले वडा कार्यालय ढिलो स्थापन भएपनि वडावासीको कामलाई प्रभावकारी रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।
१० वटा वडा रहेको नगरका अन्य वडा कार्यालय भनें यसअघि नै आ आफ्ना वडामा स्थापना भइसकेका थिए ।