वीरगञ्जबाट पक्राउ परे बारुद सिंह
वीरगञ्ज । हत्या, अपहरण लगायतका घटनामा अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले यादवलाई वीरगञ्जबाट पक्राउ गरेको हो । उनी प्रहरीको खोजी सूचीमा रहेको सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए ।
प्रहरीका अनुसार उनीविरुद्ध सर्लाहीमा चार वटा मुद्दा छ भने रौतहटमा पनि मुद्दा छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































