काठमाडाै । संघ, प्रदेश र स्थानीय तहमा १ लाख ७ हजार कर्मचारी आवश्यक पर्ने पर्ने भएको छ । सरकारले यही निष्कर्षसहित दरबन्दी तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीन तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भएको भन्दै दरबन्दीको प्रारुप तयार पारेको हो । सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको नयाँदरबन्दीअनुसार अब केन्द्र र त्यसअन्तर्गतका कार्यालयमा गरी ३६ हजार ८ सय ४५ कर्मचारी रहनेछन् भने प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार ४ सय २८ कर्मचारी रहनेछन् । सबैभन्दा बढी कर्मचारी भने स्थानीय तहमा रहनेछन् ।