भिडियाेःअनिल श्रेष्ठ/ब्लाष्ट

चक्रघट्टि  धार्मिक तथा पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्ने उदेश्यले आइतबार देखि मिनि डुङगा सञ्चालनमा ल्याइएको छ । सुनसरीको बराहक्षेत्रको सप्तकोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले बराहक्षेत्र नगरलाई प्रवद्र्धन गर्ने उद्देश्यले डुङगा सञ्चालनमा ल्याएको हो । आइतबार परिक्षण सञ्चालन गरिएको र सोमबारबाट व्यवसायिक रुपमा सञ्चालन गरिने अध्यक्ष सन्तोष भण्डारीले बताएका छन् । चतराबाट जलमार्ग हुदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गर्ने तयारी रहेको उनले जनाए । ३ करोड खर्चमा भारतबाट ल्याइएको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका प्रबन्ध निर्देशक बिमल मान श्रेष्ठले बताएका छन् । डुङगा तीस यात्रु क्षमताको रहेको जनाइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट धनकुटाको सिम्लेसम्म जाने पैदल यात्रालाइ डुङगाले सहज बनाउने वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले बताएका छन् । बराहक्षेत्रबाट करिब २० किलोमिटर उत्तर रहेको सिम्ले पुग्नका लागि बराहक्षेत्र मन्दिरबाट लगभग ५ घण्टा पैदल यात्रा गर्नु पर्ने हुदा अब डुङगा सञ्चालन पछि सिम्ले पुग्नका लागि २० मिनेट लाग्ने सञ्चालकले जनाएका छन् । सुनसरी, उदयपुर, खोटाङ ,भोजपुर लगायतका जिल्लाका स्थानीयहरु लाभान्वित हुने २ नं वडा अध्यक्ष हरि कृष्ण भट्टराईले बताएका छन् । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल , १ नं वडा अध्यक्ष श्रेष्ठ,२ नं वडा अध्यक्ष भट्टराई , बेलका नगरपालिकाका मेयर स्वस्तिक थापा र उपमेयर, बिभिन्न पार्टी प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, स्थानीयहरु पत्रकारहरु लगायतको उपस्थितिमा मिनि डुङगाको प्रयोग गरेका थिए । नगरको थप पर्यटन प्रवद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने मेयर खनालले प्रतिबद्धता जनाएका छन् ।