काँकरभिट्टा/ भारतको पानीटेंकीमा रेल दुर्घटनामा परी एक नेपालीको आइतबार विहान मृत्यु भएको छ ।

अन्दाजी ४०–४५ बर्ष जस्तो देखिने मंगोलियन अनुहार भएको व्यक्तिको रेल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराईले बताए । मृतक नेपाली भए पनि हालसम्म उनको पहिचान हुन नसकेको डिएसपी भट्टराईको भनाई छ । उनले सबै जिल्लाका सबै प्रहरी कार्यालयमा मृतकको हुलिया पठाइसकेको बताए । उनका अनुसार मृतकको शव भारतीय प्रहरीले सिलगुढीस्थित गभरमेन्ट अफ रेल वे पुलिस स्टेसन सिलगुढीमा रहेको छ । प्रहरीले मृतकको आफन्तको खोजी गरिरहेको जनाएको छ । खुल्ला नाका कारण दैनिक भारतीय बजार पानीटेंकीमा नेपालीहरुको भीड लाग्ने गरेको छ ।