तरहरा । धर्मगुरु आर्चाय श्रीनिवासलाई गोली हानेको विरोधमा इटहरीमा हिन्दुवादीहरुले र्याली निकालेका छन् । नेपालका प्रथम जगत गुरु बालसन्त मोहनसरण देवाचार्यको नेतृत्वमा विरोध र्याली निकालिएको हो । इटहरीको खेती खोलाबाट निकालिएको र्यालीले इटहरी चौकका परिक्रमा गरी मुख्य चौकमा कोण सभा गरिएको थियो । कोण सभालाई जगत गुरु बालसन्तले सम्बोधन गर्नुभएको थियो । र्यालीलाई सम्बोधन गर्दै जगतगुरु बालसन्तले सन्त श्रीनिवासलाई गोली हान्नु निन्दनिय कार्य भएको बताए । देशमा विदेशी शक्तिको इसारामा हिन्दुवादी साधुसन्तहरुमा माथी आक्रमण सुरु गरिएको वताए। साधु माथिको आक्रमणको विषयमा प्रधानमन्त्रि केपी ओली नेपाल आएपछि कुरा गर्ने जगतगुरु बालसन्तले वताए । गोली लागि घाईते हुनुभएका श्रीनिवासलाई हेर्नका लागि खोटागंबाट विराटनगर जाँदै गर्नुभएका बालसन्त इटहरीमा आएर विरोधमा र्याली निकालिएको थियो । पछिल्लो समयमा गृहमन्त्रिले दिएको अभिव्यक्ति र त्यो अभिव्यक्तिको केही समयमै साधु श्रीनिवास माथी गोली प्रहार हुनुमा ठुलो आशंका देखिएको जगतगुरु बालसन्तले वताए । सार्वभौमसत्ता सम्पन्न नेपालमा साधुसन्त,धर्मसंस्कृतीमा विदेशीहरुको शक्ति आक्रमणले गम्भिर बन्नुपर्ने अवस्था आएको गुरु दिनबन्धु शास्त्रीको भनाई थियो । उनले भने दिनानुदिन हिन्दुधर्ममात्री आक्रमण हुन थालेको छ । गोली काण्डको विरोधमा इटहरीमा दैनिक विरोधका कार्यक्रम गर्ने हिन्दुवादीहरुले बताएका छन् । संघिय नेपालको संविधान जारी हुनु केही समय अघि इटहरीलाई केन्द्रविन्दु बनाएर सन्त श्रीनिवासाचार्यले हिन्दु आन्दोलन चलेको थियो । करिव १५ दिन बढि चलेको हिन्दु आन्दोलनमा क्रममा श्रीनिवासले अनसन पनि बसेका थिए ।