इटहरी । तालतलैयामा आइतबारदेखि शुरु भएको तालतलैया पर्यटन मिनी महोत्सवको दोस्रो दिन सोमबार पछिल्लो समयकी चर्चित गायिका ज्योति मगर आएर प्रस्तुती दिएकी छिन् । शुरुवाती चरणबाटै घरीघरी भावुक हुँदै दर्शकलाई आफ्ना चर्चित गितहरु गाएर मनोरञ्जन दिएकी थिईन् । उनले कार्यक्रममा बोल्दै भनिन्,‘केटी मानिसलाई राती हिड्दा केटा मान्छेले गलत दृष्टिकोणले हेर्न हुँदैन,हाम्रो समाजमा अझै पनि केटा मान्छेले रुन हुँदैन भन्ने संस्कार छ,त्यो भन्दा पनि केटी मान्छेलाई केटा मान्छेले रुवाउन हुँदैन भन्ने संस्कार सिक्नु आवश्यक छ ।’ धेरैजसो कार्यक्रमहरुमा उच्छृङ्खल बन्ने गरेकी मगर यहाँ भने त्यस्तो कुनै उच्छृङ्खल व्यवहार नगरी आफ्ना प्रस्तुतीहरु दिएकी थिईन् । उनले उहि मुलाको सिन्की, ढाडे बिरालो जस्ता चर्चित आधा दर्जन बढी गितहरु गाएर दर्शकलाई मनोरञ्जन गराएकी थिईन् । यसैबीच ज्योति मगर तालतलैयामा आएसँगै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको आलोेचना भएको छ । यसअघि इनरुवाको एक कार्यक्रममा ज्योति मगरलाई इटहरीमा प्रबेश निषेध गर्ने बताएपछि उनको आलोचना शुरु भएको हो । विकास निर्माणकर्ताहरुको सञ्जालले आयोजना गरेको उक्त महोत्सवका अध्यक्ष बिशुधन राईले सञ्चारकर्मीसँग भने, ‘कुरितीलाई रोकेर संस्कृतिलाई बचाउँनु ठिक हो, तर हामी युवाहरुले केही गर्न खोज्दा उपमेयरले प्रतिबन्ध लगाउँछु भन्नु गलत हो ।’ नगरपालिकाबाट आँफूहरुलाई असहयोग भएको बताउँदै राईले ब्यक्ति बिशेष र जनप्रतिनिधिहरुले नै जनतामाथी राजनितिकरण गर्न खोजेको आरोप लगाए । कार्यक्रम संयोजक राजु बस्नेतले भने ‘उपमेयरले आयोजकसँग भन्दा पनि अन्य ठाउँमा नै गएर कार्यक्रम रोक्ने बताउँनुभएको हो हामीसँग सम्पर्क भएको छैन ।’ आँफूहरुलाई नगरपालिकाबाट पूर्ण रुपमा असहयोग भएको बताउँदै बस्नेतले पटक–पटक उद्वघाटन कार्यक्रममा बोलाएपनि नआएकोप्रति आक्रोश पोखे । गायिका मगरलाई बन्देज लागाउने भनिएको खबर मिडियामा आएपछि यहाँका जनताले उनैलाई बोलाउन पर्ने दबाब दिएको बस्नेतको भनाई थियो । महोत्सवको आयोजना गर्नुभन्दा अगाडी सबै पार्टी, सबै संघसंस्थाका मानिसहरुसँग विकास निर्माणकर्ताहरुको सञ्जालले कार्यक्रमको आयोजना गर्ने भनेर बैठक बसिएको र माइनेट गराइएको थियो तर पछि वडा नं. २ बाटै अाँँफूहरुले सिफारिस नदिएको उनले बताए । ‘पहिला महोत्सवको आयोजना गर्ने सहमति भयो पछि सिफारिस नै वडाबाट पाइएन’ उनले भने । वडा २ र ३ मा पर्ने तालतलैयामा महोत्सवको आयोजना गर्न ३ नं. वडा कार्यालयको मात्रै सिफारिस लिएर सञ्चालन गरिएको उनले बताए । उक्त महोत्सवमा आएका अधिकांश मानिसहरुले युवाहरुको प्रयासमा नयाँ बर्षलाई लक्षित गर्दै पर्यटन प्रबर्धनका लागी महोत्सव लगाउनु सराहनीय कार्य भएको भन्दै प्रशंशा गरेका थिए भने उपमेयर लक्ष्मी गौतमको खुलेरै आलोचना गरेका थिए ।