विराटनगर/ १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, भोजपुर र झापामा मंगलबार चट्याङ लागेर तीन जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्।

उदयपुरको उदयपुरगढी गाउँपालिका-८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ।

आफ्नै घरमा बसीरहेकी उनलाई अपरान्ह ४ बजे परेको चट्याङले घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनकै भतिजि १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जानएको छ।

यता भोजपुरको षडानन्द नगरपालिका-२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको समेत मंगलबार दिउँसो २ बजे आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

यसैगरी झापाको कचनकबल गाउँपालिका-१ कुटी बजार बस्ने ५५ बर्षिय महेश लाल यादवको चट्याङ लागेर मृत्यु भएको छ। बेलुका ८ बजेतिर अचानक परेको चट्याङले उनी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानएको छ।