मोफसलमा रहेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मी सन्तोष राई कलाकारितामा पनि सक्रिय छन् । दर्जन बढी म्यूजिक भिडियो निर्देशनपछि उनले छोटो चलचित्र निर्माणमा पनि हात हालेका छन् । राईले पहिलो पटक निर्देशन गरेको छोटो चलचित्र हाम्रो जी.एफ. अहिले पोष्ट प्रोडक्सनमा छ । सोही छोटो चलचित्रको विषयमा निर्देशक राईसँग गरिएको छोटो कुराकानी ः
छोटो चलचित्र निर्माणमा लाग्नुको कारण ? – त्यस्तो खास कारण त केही छैन । आफूलाई निरन्तर कर्ममा अघि बढाउने क्रममा केही कामहरु गर्दै अघि बढिरहेको छु । पत्रकारितामा पनि मेरो बिट कला मनोरञ्जन भएकोले सोही बिटसँग मिल्दोजुल्लो निर्देशन भएकोले म्यूजिक भिडियो हुँदै सर्टमुभीसम्म निर्देशन गर्ने जमर्काे गरेको हुँ ।
चलचित्र हाम्रो जी.एफ.को मूल सन्देश के छ? – हाम्रो जी.एफ.सर्ट मुभिले विशेषतः टिनएज युवा युवतीलाई लक्षित गरेको छ । अनि यसको मूल सन्देश भनेको युवाहरु मायामा एकोहोरो हुँंदा आउने नकारात्मक कुराहरु र सोसल मिडियाले युवाहरुमा आउने तनावलाई उजागार गरिएको छ ।
यो चलचित्र कहिले सार्वजानिक हुन्छ ? – हाम्रो जी.एफ.को अहिले काठमाडौंमा अवस्थित माउन्ट एभरेष्ट इन्टरटेनमेन्टमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ । नयाँ वर्ष या भनौ वैशाखमा सार्वजनिक हुनेछ ।
र अन्त्यमा... ? – पत्रकारितासँगै कलाकारितालाई अंगालेर अघि बढिरहेको छु । सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा जानकारी गराउन चाहन्छु यस पटक छोटो चलचित्र हाम्रो जी.एफ. लिएर आएको छु । र, केही समयपछि नेपाली कथानक चलचित्र निर्माणमा पनि हात हाल्नेछु । धन्यवाद । प्रस्तुति ः दिनेश सुब्बा