सुनसरी। सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नामा पैसा उठाउने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

जिल्लाको देवानगञ्ज गाउँपालीका ६ मा हामी डाक्टर हौँ भनी स्थानिय मानिसहरुलाई भेला जम्मा गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सय देखी एक हजार रुपैया सम्म उठाउने तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो।

पक्राउ पर्नेमा तेह्रथुम म्याग्लुङ् नगरपालीका १० केउरिनी बस्ने सुदन सुवेदी, जुनिल सुवेदी र सप्तरी कञ्चनरुप नगरपालीका ५ मगरटोल बस्ने प्रख्यात मिश्र रहेका छन। उनीहरुलाई स्थानीयले दिएको सुचानका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका मानिसहरुलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा ल्याइ राखिएको छ।