विराटनगर।  प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४÷ ७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बिहीबार ४ बजे बसेको प्रदे सभाको बैठकले बजेट प्रस्तुत गरेको हो ।

सरकारले चालुतर्फ ५४ करोड ३८ लाख र पूँजीगततर्फ ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।