शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका महिला जनप्रतिनिधिहरुका लागि ५ दिने सृजनशील तालिम सुरु भएको छ ।
नगरपालिका कार्यालयले आयोजना गरेको तालिमको एक कार्यक्रमकाबीच १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राईले उद्घाटन् गर्दै महिलाहरु सृजनशील वन्नु पर्ने कुराको वडा वडामा सन्देश छर्नका लागि महिला जनप्रतिनिधिको तालिम सान्दर्भिक रहेको जनाइन् ।
नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको उपस्थिती रहेको कार्यक्रममा, सभाध्यक्ष एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्वर चेम्जोङ, सहजकर्तामध्येबाट नेपाल जेसीजकी पूर्व राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरेले मन्तव्य व्यक्त गरेका छन् ।
महिला जनप्रतिनिधिका लागि उद्घोषणका साथै सृजनशीलताका गतिविधि, नेतृत्व विकास, कार्यक्रममा मन्तव्य, माइन्यूट लेखन सहितका विषयहरुमा केन्द्रीत रहेर तालिम प्रदान गरिएको छ । नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना र नेपाल जेसीजकी पूर्व राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरेले तालिमको सहजकिरण गरेका छन् ।