शनिश्चर । नयाँ वर्षलाई स्वागत गर्ने र शुभकामना आदान प्रदान गर्ने विभिन्न तरिका हुन्छन् । यसैवीच, मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले शनिवार विहानै पथरी वजारमा पञ्चेवाजा वजाएर नयाँ वर्षलाई स्वागत गर्दै नगरवासीलाई शुभकामना दिएको छ ।

विहान ४ वजेदेखि साढे ५ वजेसम्म नगरपालिका कार्यालयबाट सुरु गरी पथरीका विभिन्न चोकमा पुगेर पञ्चेवाजा टोलीले पञ्चेवाजा वजाएर नगरपालिका कार्यालयको तर्फबाट नयाँ वर्षको स्वागत गर्दै नगरवासीलाई शुभकामना दिएको हो । नेपाली मौलिक वाजाको संरक्षण, प्रवद्र्धनका साथै नयाँ वर्षको स्वागत र शुभकामनाका लागि यो फरक शैली अपनाइएको नगरप्रमुख दिलिपकुमार राईले जनाए । शुक्रवार साँझ वसेको नगर कार्यपालिकाको वैठकले पञ्चेवाजाले नयाँ वर्षको स्वागत र शुभकामनाको कार्यक्रम राख्ने निर्णय गरेको थियो ।

यसका साथै नयाँ वर्षको अवसरमा नगरका ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा गएर निशुल्क चेकजाँच सहित उपचार गर्ने अभियान पनि नयाँ वर्षकै अर्काे सृजनशील कामका रुपमा नगरमा सुरु भएको छ । सो कार्यक्रमको उद्घाटन् पनि पञ्चेवाजा वजाएर गरिएको थियो र सवैलाई नयाँ वर्षको शुभकामना भनिएको थियो । ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ कार्यक्रम अन्तर्गत त्यहाँ ७० जना ज्येष्ठहरुले स्वास्थ्य परीक्षण गराएका छन् । घर घरमा गएर त्यसखाले अभियान सञ्चालनका लागि नगरपालिकाले तत्कालका लागि २ लाख रुपैयाँको उपकरण खरिद गरेको छ । नगरका ३ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमार्फत ८० वर्ष पुगेका ९ सय २७ जनाका लागि घर घरमा गएर स्वास्थ्य परीक्षणको कार्यक्रम अघि बढ्ने स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए । यो नयाँ वर्षमा ज्येष्ठका लागि सम्मानजनक काम थालिएकोमा खुसी लागेको छ । पञ्चेवाजाले नयाँ वर्षको स्वागत गरिएको कार्यक्रम सान्दर्भिक लाग्यो ।’– नगरका ज्येष्ठ नागरिकका अगुवा ज्ञानेन्द्र भट्टराईले भने । नगरपालिकाले ७० वर्ष उमेर पुगेका ज्येष्ठहरु विरामी परेको खण्डमा १ नम्वर प्रदेश भित्र उपचारका लागि जाँदा वर्षको १ पटक लाग्ने एम्वुलेन्स भाडाको प्रवन्ध गरिदिने निर्णयले पनि ज्येष्ठहरुमा खुसी छाएको भट्टराईले उल्लेख गरे ।

सोही कार्यक्रममा, गत साउनमा आएको वाढीबाट विस्थापित वनेका नगरका ४ घर परिवारका लागि जिल्ला दैवी प्रकोप राहत कोषबाट प्राप्त प्रति परिवार २५ हजार रुपैयाँ रकम नगर प्रमुख राईबाट हस्तान्तरण गरि नयाँ वर्षको सन्दर्भलाई शुभकामनामा मात्र सिमित नराखि सृजनात्मक काममा रुपान्तरण गरिएको छ ।

यसैवीच, नगर कार्यपालिकाको वैठकले, नगरको शैक्षिक कार्यविधिलाई पारित गरेको छ । चालु आर्थिक वर्षका योजनाहरु चैत मसान्तभित्र सम्झौता गरिसक्नु पर्ने यसअघिको म्यादलाई थप गरी वैशाख १० गतेसम्मलाई सार्ने निर्णय गरेको छ ।

वाढीबाट विस्थापित वनेका नगरका ४ घर परिवारका लागि जिल्ला दैवी प्रकोप राहत कोषबाट प्राप्त प्रति परिवार २५ हजार रुपैयाँ रकम पनि हस्तान्तरण गरिने निर्णय भएको थियो । विकास निर्माणका काममा मानिसको ज्यालाको दर मात्र उल्लेख हुने प्रावधान रहि आएको हुँदा मानिसको कामलाई ट्रयाक्टर वा मेसिनरी सामग्रीसँग रुपान्तरण गरेर त्यसैको गणनालाई मान्यता दिइने समेत निर्णय भएको छ । यसका साथै जिरिखिम्तीको डाँस खोला किनारमा साझेदारी कार्यक्रममा निर्माण हुने भनिएको गंगासागर घाटको काममा साझेदारी जुट्न नसक्दा नगरपालिका कार्यालयले नै निर्माण गर्ने निर्णय भएको छ ।