इलाम । विंसं २०७४ सालमा मुलुकले गौरबमय निर्वाचन वर्ष मनाएकाले विं.सं २०७५ साललाई निर्वाचनको कार्यान्वयन गर्न नयाँ वर्षबाटै मुलुक विकास र सम्वृद्धि तर्फ अगाडि जाने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । इलाम सदरमुकाम (खलंगा) स्थापनाको दुई सय वर्षको उपलक्षमा “इलाम हाम्रो गौरब ”२०० वर्षमा हामी इलामेली भन्ने मूल नाराका साथ इलाम नगरपालिकाले सदरमुकामको ठूलो टुडिँखेलमा आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि पुनले मुलुकमा लामो समयको राजनीतिक यात्रा पछि सविंधान कार्यान्वयन भई सघिंय निर्वाचन सम्पन्न भईसकेकाले राज्यका तीनै तह विकास र सम्वृद्धि तर्फ अगाडि बढको बताए ।

उनले इलाम प्राकृतिक सुन्दरताको खानी भएकाले यसलाई सुन्दर बनाउने समग्र इलामेलीको परिश्रम र मेहेनत प्रति आभार व्यक्त गरेका छन् । अनेतकतामा एकता रहेको इलामको साँस्कृतिक सम्पदाले थप आकर्षक रहेकाले राज्यले इलामको उच्च सम्मान गरेको बताए । उनले फाल्गुनन्दको जन्मस्थल साथै देशको राजनीतिक परिवर्तन गराउने व्यक्तित्व जन्माउने इलाम नेपालको गौरब प्रतिष्ठान रहेको बताए । समग्र राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याउन प्रदेशबीच मैत्रीपूर्ण प्रतिष्पर्दा हुनुपर्ने बताए । इलामको समग्र विकासमा धरान र इलामको भगिनी सम्बन्घ सम्वृद्धिको प्रेरणा बन्नेमा जोड दिए । उनले इलामको खेलकुदले खेलजगतमा युवा विकास तथा स्वास्थ्यको समेत विकास हुने बताए । यस्तै कार्यक्रमका विशेष अतिथि एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निर्वाचन पश्चात तत्काल कानुन निर्माण अधुरै रहेतापनि पााच वर्षभित्रमा मुलुकमा विकास सहितको सम्वृद्धि आउने बताए । उनले भेडेटार हुदै मंगलबारे इलम जोड्ने बाटो प्रदेश सरकारको प्राथमितामा रहेको बताए । कृषि,पशुपालन,जलस्रोत र पर्यटनमा सरकारले गरेको विकास र ध्यान पर्याप्त नभएकाले इलामका कृषि उत्पादनको निर्यात,पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले मुख्य भूमिका खेल्नेमा प्रतिबद्धता व्यक्त गरे । इलाम जिल्लालाई एक नम्बर प्रदेशको सर्वाधिक पर्यटन भित्राउने जिल्लाका रुपमा नमुना जिल्ला बनाउने बताए । त्यस्तै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले इलाम सदरमुकाम स्थापनाको २०० वर्षको उपलक्षमा धरान र इलामको मगिनी सम्बन्ध जोड्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले इलाम नगरपालिका र धरान उपमहानगरपालिकाको सङ्क्षिप्त विकास,इलामको पर्यटन प्रवद्र्धन,कृषि उत्पादन वस्तुको धरानको बजारमा लगेर अन्तराष्ट्रियकरण गर्न भगिनी सम्बन्ध स्थापना गरेको बताए । पर्यटन प्रवद्र्धन गर्न धरान उपमहानपाले इलामको सिक्नुपर्ने बताएका छन् । उनले पर्यटन, खेलकुदको समग्र विकास र सम्वृद्धि महत्वपूर्ण लिएको बताए । अधुरो सम्बन्ध गास्ँन मात्र भगिनी सम्बन्ध नगाँसिइ साथीको रुपमा दुइ वटै नगरपालिकाको मितेरी साइनो गासिँएको बताए । इलाम र धरानलाई नजिकबाट जोड्नका लागि इलामको मंगलबारे हुदै राजारानी भेडेटार जोड्ने सडकले समग्र विासमा टेवा पुर्याउने बताए । उनले धरान र इलामको खेलकुद विस्तार गर्न वैशाख दूई गते इलाममा अुने इलाम नगरपालिका र धरान उपमहानगरपालिकाको महिला मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताले समेत खेलकुदमा विकास हुने बताए । कार्यक्रममा इलाम नगरपालिका मेयर महेश बस्नेत र र धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले भगिनी सम्बन्धको सक्षिंप्त हस्ताक्षर गरेका थिए । यस्तै कार्यक्रममा इलाममा हुन गइरहेको चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली फुटबल प्रतियोगिताको पुस्कार राशी आगामी दिनहरुमा इलाम नगरपालिकाले प्रायोजन गर्ने पुरस्कारको नाम मेयसं प्राइस रहेकाले इलाम नगरपालिकाका मेयर महेश बस्नेत र माइभ्याली फुटबल ब्लबका अध्यक्ष धिरेन चेम्जोङबीच हस्ताक्षर भएको थियो । व.सं १८७५ मा इलाम सदरमुकाम “खलंगा ”स्थापनाको दुई सय वर्ष पुगेको उपलक्षमा इलामको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले वि सं २०७५ सालमा विविध कार्यक्रम गरि मनाउदै छ । उद्घाटन कार्यक्रम सहित वैशाख एक गते विहान सदरमुकामको माईस्थान मन्दिरमा रहेको निशान उपराष्ट्रपति पुनले अवलोकन गरेका थिए । कार्यक्रममा इलामका विशिष्ट व्यक्ति युद्धप्रसाद वैद्यलाई रथारोहण गरि सम्मान गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष अभिशेक एक्तेनको अगुवाईमा विभिन्न जातजातीको झाकीँ प्रदर्शनी तथा धरान उपमहानगरपालिका र इलाम नगरपालिकाको सास्ँकृतिक नृत्य प्रद्र्धशनी रहेको थियो । कार्यक्रममा राष्ट्रसभाका सासंद अगम बान्तवा,प्रदेशसभाका सासंदहरु राम बहादुर राना मगर,धिरेन शर्मा रमण,काजिमान कागते,खिनु लङ्वा लिम्बु,जिल्ला समन्वय प्रमुख लगायत इलामका दश वटै स्थानीय निकायका प्रमुख,उपप्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम इलाम नगरपालिकाका मेयर महेश बस्नेतको अध्यक्षतामा समापन भएको थियो ।