विराटनगर/औद्योगिक सहर विराटनगरमा ३० करोडको लागतमा ‘बिग होटल’ सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर विराटनगरमा ‘फो स्टार’ को होटल शनिबार साझ एक समारोहको बिच सञ्चालनमा ल्याएको हो । बिग होटलको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।

आठ कठठ क्षेत्रफलमा पैलिएको ६ तले होटलमा ५३ वटा कोठा भएको सुबिधा युक्त एसी डिलक्स रहेको छ । यो अहिलेसम्म विराटनगरमा रहेको होटलको भन्दा सबैभन्दा बढी कोठा भएको होटल हो । २ वटा पार्टी हल रहेको होटलमा २ वटा रेष्टुरेन्ट रहेको सञ्चालक विरेन्द्र न्यौपानेले जानकारी दिए ।

४ हजार देखी १० हजार रुपैयाँ सम्म पर्ने कोठा रहेको होटलमा बेकरी क्याफेसमेत रहेको छ । ‘प्रदेश १ को अस्थायी राजधानी विराटनगर औद्योगिक सहर हो,’ होटल सञ्चालक न्यौपानेले भने, ‘विभिन्न संघसंस्था, क्लबले गर्ने सेमिनर र विदेशी पर्यटक हाम्रो आम्दानी स्रोत हुन् ।’

सञ्चालक न्यौपानेका अनुसार निकट भविष्यमा शरीरलाई तन्दरुष्त राख्न अत्याधुनिक सुविधा सम्पन्न फिटनेश सेन्टसमेत सञ्चालन ल्याउने तयारी रहेको जानकारी दिए । पौडी पारखीहरुको लागि अहिले होटल परिसर भित्र स्वीमिङ फुल रहेको जानकारी दिदै उनले चाँडै फिटनेस सेन्टर समेत सञ्चालन गर्ने बताए ।

होटलमा लामो समय देखि विदेश तथा नेपालका स्टार लेवलका होटलमा अनुभव भएका कुक, वटेर तथा कर्मचारीहरु कार्यरत रहेको विग होटलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिए ।