धनकुटा ।संघिय समाजवादीफोरम नेपाल धनकुटाको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण सनिवार सम्पन्नभएको छ । जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्नभएसंगै संजय कुमार आठपहरियाको अध्यक्षतामा २१ सदस्यीय संघिय युवाफोरम धनकुटा गठन गरिएको छ । संघिय समाजवादीफोरम पार्टीका केन्द्रियउपाध्यक्षएवं पुर्व शान्तिमन्त्री रकम चेम्चोङ्गको प्रमुखआतिथ्यमा सम्पन्नजिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम पछि गठित युवाफोरमको जिल्लाउपाध्यक्षहरुमादलिनलिम्वु, नरेन तुम्वा, सचिवमादिपनलिम्वु, उप–सचिवमानिशान राई र कोषाध्यक्षमाप्रमिलालिम्वुलाई सर्वसम्वत चयन गरिएको छ । त्यसैगरी अन्य सदस्यहरुमा बलेन्द्र राई, तारानन्द राई, अविन राई, राजवहादुर राई, दिलकुमार राई, निरन लिम्वु, किरण मगर, सुवास मगर र विकल मगरलाई चयन गरिएकोछ । बाँकी सदस्यहरुलाई पछि युवाफोरकमको पहिलो वैठकले भुगोल र समावेशिताकाआधारमामनोनितगरिने नवनिर्वाचितअध्यक्ष संजय कुमार आठपहरियाले ब्लाष्टलाई जानकारी दिएको छन् । दुई दिनसम्म संचालनभएको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा पार्टीको समसामयिककार्यनीति, देशको समसामयिक राजनितिक परिस्थितिमा पार्टीले अघि सारेको राजनितिकएजेण्डाका वारेमाजिल्लातहका नेतातथाकार्यकर्ताहरुलाई प्रशिक्षितगरिएको थियो । जिल्लाको सातै तहबाट सहभागीता रहेको पार्टी प्रशिक्षण कार्यक्रममा पार्टीका राजनितिक समिति सदस्यअर्जुन थापा, लिम्वुवानइन्चार्ज एवं केन्द्रिय सदस्यआरर्सी तुम्वा, केन्द्रिय सदस्यपदमअधिकारी, केन्द्रिय सल्लाहकार वाङ्गदीलामा, जिल्लाअध्यक्षबलवहादुर राई र सचिवनगेन्द्र देवानले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रमजिल्लाअध्यक्षबलवहादुर राईको अध्यक्षतमा सम्पन्नभएको थियो भने संचालन सचिवनगेन्द्र देवानले गरेका थिए ।