सुनसरी/ श्रीमान् श्रीमतीको झगडा मिलाउन गएका प्रहरी हवल्दारमाथि कुटपिट भएको छ । ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी हवल्दार अर्जुन भुजेललाई स्थानीयले कुटपिट गरेर हात भाचिदिएका हुन् ।
इटहरी ४ स्थित मनकामना चोकका स्थानीय निशान राई र उनकी पत्नी सरिता राईबीच  भएको झगडा परेको सूचनापछि हवल्दार भुजेल त्यहाँ पुगेका थिए । उनलाई ३ जनाको समुहमा रहेका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बायाँ हात भाँचिएको छ । प्रहरी हवल्दारमाथि कुटपिटमा संलग्न तीनै जना पक्राउ परेका छन् । कुटपिटमा इटहरी–४ का २१ वर्षीय शुक्र राई, इटहरी–४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई संलग्न रहेको इटहरी प्रहरीले जनाएको छ । युवा समुहले प्रहरी हवल्दार सवार बा २ ब १३५९ नम्बरको मोटरसाइकल समेत तोडफोड गरेका छन् ।