काकडभिट्टा । केही समय अघि सम्म झापाको बिर्तामोड क्षेत्र देह व्यापारको अखडा बनेको थियो । त्यस क्षेत्रका दर्जनौ नाम चलेका होटहरूमा प्रहरीले बारम्बार छापा मारेर होटल संचालकहरूलाई मुद्धा चलाएपछि अहिले बिर्तामोडमा यौन व्यावसाय घटेको छ । तर, केही समय यता झापाको पूर्वी नाका काँकरभिट्टामा यस प्रकारको कृयाकलाप देखिन थालेको छ । सयौ होटलहरू संचालन रहेको यस क्षेत्रमा प्रहरीले पछिल्लो समय केही होटलबाट यस प्रकारको कृयाकलापमा संलग्नहरूलाई प्रकाउ गरेपछि यो यस्तो बिषय सतहमा आएको हो ।

बिर्तामोडमा प्रहरीले कडाई गरेपछि, यौन धन्दामा लागेकाहरूले विकल्पमा झापाकै अन्य सहरलाई लिन थालेपछि काँर्करभिट्टा पनि यौन धन्दा सञ्चालन हुने ठाउँको सुचिमा परेको छ । पछिल्लो केही समयदेखि यौन धन्दामा संलग्नहरू काँकरभिट्टा क्षेत्रका होटलहरूमा धाउन थालेको स्रोत दाबी छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्बाट चार महिनाको अवधीमा ४ वटा यस सम्बन्धी मुद्धा चलाएपछि यो रहस्य खुलेको हो । प्रहरीले नाम चलेका होटलहरू नारायणी,सिटि हेवन लगायतका होटहरूबाट केही दिन अघि २ जोडी प्रकाउ गरेको थियो । प्रकाउ परेकाहरूलाई सार्वजनिक मुद्धा चलाईको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले जानकारी दिए । बिगत ४ महिनाको अवधिमा यस क्षेत्रबाट अनैतिक कृयाकलापमा संलग्न ८ जना महिला तथा पुरुषलाई मुद्धा चलाईको साथै होटल संचालक भने फरार रहेको हुँदा खोजी कार्य भईरहेको भट्टराईले जानकारी दिए । प्रहरीले यो सँगै होटलहरूमा कडा निगरानी गर्दै आएको उनले बताए । यस क्षेत्रमा नुवाकोट,धादिङ,कार्भे ,सिन्धुपाल्चोक लगायत क्षेत्रबाट युवती ल्याएर देह ब्यापार लगाउने गरका छन । यस क्षेत्रमा अधिकार्ष गा्रहक भारतिय नागरिक आउने गरेको छन ।