काठमाडौं । अमेरिकामा बसाेबास गर्दै अाएका तथा राेजगारीमा रहेका नेपालीहरूलार्इ देश निकाल्ने तयारी थालेकाे छ । हाल अमेरिकामा करिब ९ हजार नेपाली रहेका छन् ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।
नेपालमा २०७२ सालमा अाएकाे विनाशकारी भुकम्पबाट धेरै धनजनकाे क्षति भएपिछ अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेजमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कन एक वर्षको समय दिने बताएकाे छ ।
महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । अहिले झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिइरहेकाे भएपिन ९ हजार मात्रै अमेरिकामा रहेको तथ्यांक विभागसँग छ ।