विराटनगर । पेस्तोलसहित मोरङ प्रहरीले लागूऔषधको कारोबारी गर्ने ७ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीलाई भरपर्दो सूचना प्राप्त भएपछि विशेष प्रहरी परिचालन गरी ठूलो परिणामको लागूऔषध र उनीहरुको साथबाट पेस्तोल बरामद गरेको हो ।
खुल्ला सिमा नाका हुँदै तीन वटा मोटरसाइकल प्रयोग गरी नेपाल भित्रिएको लागूऔषध प्रहरीले मंगलबार राती विराटनगर – ४ कञ्चनबारी स्थीति नोवेल हस्पिटल अगाडीको नहरबाट बरामद गरेको हो ।
प्रहरीले भारत बिहार अररिया बतनाहा – ४ का २४ वर्षिय रोहित कुमार शर्मा, सोही स्थानका ३० वर्षिय प्रमोद भन्ने विनोद यादव, भारत बिहार अरिया मिल्की डुमरीया ९ का १८ वर्षिय राजा कुमार यादव, सोही ठाउँकी २२ वर्षिय निलम देवी यादव, अररीया सिमराहा २६ वर्षिय प्रकाश कुमार दास, रानीगंज बस्ने ३३ वर्षिय रन्जित कुमार शर्मा र बरारभत नाजा ७ का ४० वर्षिय सुरज नारयण यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
पक्राउ परेका मध्धे प्रमोद भन्ने विनोद यादवको साथबाट प्रहरीले मेडिन इन यूसए लेखेको अटोमेटीक पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ६ थान गोली राउण्ड प्रहरीले बरामद गरेको हो । पक्राउ परेका मध्धे विनोद भारतमा अपराधिक क्रियाकलपमा संलग्न व्यक्ति रहेको बताइएको छ । उनीहरु मध्धे विनोद र पक्राउ परेकी निलमदेवी यादव श्रीमान, श्रीमति हुन् । दम्पती नै लागूऔषधको कारोबारी गर्ने गरेको खुल्न आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । पक्राउ परेका अभियुक्त र बरादम गरेको लागूऔषद मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो ।
‘भारतबाट अवैध रुपमा नेपाल भित्रीदै गरेको अवैध लागूऔषध भरपर्दो सूचना हामी कहाँ प्राप्त भयो,’ मोरङ प्रहरी प्रमुख एसपी बिसीले भने, ‘तत्काल मोरङ प्रहरीको विशेष प्रहरी टोली परिचालन गरी अभियुक्तलाई पक्राउ गरेको हो ।’ उनले भने, ‘प्रराम्भिक अनुसन्धानले पक्राउ परेका अभियुक्तहरु लागूऔषधको कारोबी हुनसक्ने आशंक गरेका छौं ।’ उनीहरुले नेपाल भित्राएर महङ्गो मूल्यमा विभिन्न स्थानमा बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
भारतीय नम्बर प्लेटका ३ वटा मोटर साईकलमा सवार ७ जनाको साथबाट अवैध लागु औषध एभिल १७७५ एम्पुल, डाईजेलाभ ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्सी, नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसीक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्ने अभियुक्तहरुले प्रयोग गर्ने प्रहरीले तीन वटा मोटसाइकल समेत पक्राउ गरेको छ । उनीहरुले मोटसाइकलको ले गार्ड र झोलाहरुमा लागूऔषध राखेको थियो । प्रहरीले उनीहरुको साथबाट सामसुङ कम्पनिको मोवाईल ४ थान, माईक्रोम्याक्स मोबाईल १ थान, नेपाली रुपैयाँ नगद ८१ हजार रुपेयाँ बरामद गरेको छ । प्रक्राउ परको अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत मोरङमा म्याथ थप गरी लागूऔषध तथा हातहतियार खरखजना अन्तर्गत मुद्दा दर्ता गरेको छ ।