धारन । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ वार्षिक उत्सवको अवसरमा मंगलबार धरानमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको प्रदेश नम्बर १ ले धरानको भानुचौकस्थित लोकतान्त्रीक चौतारीमा विहान उक्त रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा ५२ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक थिरलोचन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ४२ जना पुरुष र १० जना महिलाले रगत दान गरेका थिए । जसमा सर्वसाधारण, सुरक्षाकर्मी, सुभचिन्तक, कम्पनीका अभिकर्तालगायत रहेका थिए । रक्तदान जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा गरिएको थियो । कम्पनीले रक्तदाताहरूलाई प्रमाण पत्र समेत प्रदान गरेको थियो । उक्त प्रमाण पत्र धरान उपमहानगरपालीकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रदान गर्नुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी कम्पनीले यस्तो रक्तदान कार्यक्रम गर्नु प्रसंशा योग्य भएको बताउनुभयो । कार्यक्रममा मितेरी विकास बैकका सिइओ तुलसी प्रसाद वस्ती, शसश्त्र प्रहरी बलका सव इन्स्पेक्टर मोतिराज अधिकारी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको पव्लिक हेल्थ एण्ड कम्युनिटि मेडिसिनका प्रोफेसर सूर्यराज निरौला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शरीरमा रगत उत्पादन नहुने रेग –एप्लास्टिक एनोमिया) पिडित सुजन गिरीलाई नगद रु. ५०००÷– प्रदान गरिएको थियो । उक्त रकम पिडीतका बाबा गंग गिरीलाई कार्यक्रमका अक्ष्यक्ष पौडेल र संयोजक श्रेष्ठद्धारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । कार्यक्रम संयोजक श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएकोमा अतिथिगन, धरानवासी, विभिन्न शाखाका प्रमुख एवम् अभिकर्ताहरूमा धन्यवाद व्यक्त गर्नुभयो । साथै यस्तो कार्यक्रमले वीमा प्रति सचेतना जगाउनेमा विश्वस्त रहेको बताउनुभयो । प्रदेश नम्बर १ की क्षेत्रीय प्रमुख ममीता पौडेलको अध्यक्षतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।। समापनमा बोल्दै अध्यक्षले सूर्या लाइफले वीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वको काम समेत गर्ने बताउनुभयो ।