काठमाडाै । पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन आफ दी वल्र्ड नेपाल २०१८’ हुने भएको छ । मंगलवार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजकले उक्त कुरा सार्वजनिक गरेको हो । जुम इन इभेन्टले आयोजनागर्न लागेको यो प्रतियोगिता फिल्पिन्सको फ्रेन्चाइज हो ।
विवेक सिंह ठकुरीले सञ्चालन कार्यक्रममा अतिथिहरु गायक अनिल सिंह, सञ्चारकर्मी जीपी तिमिल्सिना, प्रतियोगिताको एमडी रुथ मास्के, कोरियोग्राफर आशिक ताम्राकार, अंकित तिवारी, मेन अफ दि वल्र्ड २०१७का विजेता डा. श्रीराम चन्दलगायतले प्रतियोगिताका बारेमा जानकारी गराउनुका साथै प्रतियोगितको सफलताको शुभकामना दिएका थिए ।
इभेन्टको बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन सम्पन्न भइसकेको छ । भने काठमाडौँमा आगामी वैशाख ३० र ३१ मा अडिसन हुँदैछ । म्यान अफ द वल्र्ड–२०१८ मा भाग लिन चाहने जो कोहिले पनि अनलाइनबाट फारम भर्न सक्ने छन् । अन्तर्राष्ट्रिय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तर्राष्ट्रिय स्थरमा पुर्याउनका लागि यो प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताका सिओ विमल परियारले जानकारी गराए । म्यान अफ द वल्र्ड २०१८को फाइनल २०७५ असारको पहिलो हप्ता होटल अन्नपूर्णमा स्थित सम्पन्न हुने छ ।
प्रतियोगितामा पहिलो हुने प्रतिस्पधीले नगद रु एक लाख साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तर्राष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । भने दोस्रो हुनेले नगद रु ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् । त्यस्तै फस्ट रनरपले २५ हजार र दोस्रोले १५ हजार नगद प्राप्त गर्ने छन् ।
मेन अफ दी वल्र्ड नेपाल हुँदै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































