पथरी । मोरङ कानेपोखरी गाउँपालिका –६, हनुमान चौकमा बस्दै आएकी फुलमाया लिम्बूले ७५ बर्ष पछि नेपालको नागरीक बन्ने अवसर पाएका छन् । देशको नागरीक बन्ने अवसर वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेले जुटाई दिएपछि फुलमायाले घरमै नागरीता पाएको हो । अध्यक्ष बस्नेतले इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेबाट मंगलबार सबै प्रकिया पुर्याएर ल्याएपछि बुधबार बिहान घरमै पुगेर नागरीकता दिएका थिए । नागरीकता दिदै अध्यक्षले भने –‘यो हाम्रो कर्तव्य हो, मैले पुरा गरे । अब फुलमायाले यसै असारबाट सामाजिक सुरक्षा भत्ता पाउने छिन् , यो प्रक्रिया आजबाटै सुरु गर्नेछु ।’ फुलमायाले नागरीकता पाउनुमा इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेका शाखा अधिकृत लोचनप्रसाद दाहालको पनि ठुलो भूमिका छ । ब्लाष्टदैनिक र ब्लाष्ट खबरडटकममा सामाचार पढेपछि अधिकृत दाहालले वडाध्यक्ष खड्ग बस्नेतलाई फोन गरेर फुलमायाको नागरीकताकोलागी सिफारीस अघिबढाउन अनुरोध गरेका थिए । सल्लाह बमोजिम वडाध्यक्ष बस्नेतले आफ्न्त कोहि नभएको एक बृद्धाको नागरीकता बनाइदिन सफल भएका छन् । उनलाई स्थानीय सिंहबहादुर तामाङ, रामबहादुर लिम्बू र नरबहादुर तामाङ साचि बसेर नागरीकताको सिफारिस अघि बढाइएको थियो । उनी २००१ साल ११ महिना ०५ गते भएको छ । उतिखेर धनकुटा जिल्लामा जन्मेको रहेछन् । उनको पतिको नाम टंकबहादुर मादेन,बाबुको नाम जयबहादुर राई हो । उनले ना.प. ०५–०२–७५–००४९२ वंशजको नागरीता पाएका हुन । नागरीता पाउँदै खुसि हुदै फुलमायाले आफ्नो दिन फेरीएको बताउँदै सवैलाई धन्यवाद दिएका थिइन् । नागरीता पाएसँगै फुलमायाको दिनचर्या फेरीएको छ । अहिले घरमा टुबेल गाडिएका छन् । शौचालय बन्दैछ । परालको चुहुने घरमा टिनको छानो लगाइदिएका छन् । ओडने, ओछ्याउने,लुगा फाटा,भाडाकुडा, चामल लगाएतको सुविधाहरु घरमा आइसकेको वडाध्यक्ष खड्ग बस्नेत बताउँछन् । त्यसको सबै कुराको जोडजाम गरिदिनेकाम छिमेकी सिंङ्गबहादुर तामाङले गरेका छन् । पत्रपत्रिका,अनलाइन खबर र सामाजिक सञ्जालमा रंगेएकी फुलमायाले नागरीकता मात्र पाएनन् उनीले अहिले लगभग एकलाख भन्दा माथी आर्थिक सहयोग पाइकेकी छिन् । सहयोग आउने क्रम जारी छ । २०६७ सालमा श्रीमान टंक बहादुर लिम्बूको मृत्यु भयो । उनको ३६ बर्षिय जेष्ठी छोरी धनमाया(डल्ली) मानसिक सन्तुलन गुमाएर घर बाहिर छन्,भने कान्छी छोरी ३० बर्षकी रामकुमारी विवाह गरी बेपता भएकी छिन । आफ्न्त कोहि छैनन् । आफ्नो घरले ओगटेको एलनी एक कट्ठा जग्गा पनि भित्री बाटोेले काटेर घरले ओगटेको मात्र छ । भित्रबाट तारा मण्डल देखिने घर थियो । पानी पर्यो भने घर भित्र पानी नै पानी हुन्छ कष्टका साथ दिन विताई रहेको थियो ।