[caption id="attachment_82250" align="aligncenter" width="3264"] नगर प्रमुख चिन्तन तामाङ धनपा–८ का अति विपन्न आठपहरिया समुदायलाई रंगिन जस्तापाता वितरण गर्दै । सन्तवीर लामा[/caption]

धनकुटा/धनकुटा नगरपालिकालेआ.व. ०७४-०७५ मा अतिगरिब लक्षितआवास सहयोग साझेदारी कार्यक्रमअन्तर्गत मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर धनपा–८ मा रहेका ६९ घर परिवारलाई जस्ता पातावितरण गरेको छ ।

धनकुटानगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुखआतिथ्यमा धनपा वडा नं.८ का ६९ विपन्न घरधुरीलाई आवश्यक्ता हेरी जस्तापाता वितरण गरिएको हो । जस्तापाता  पाउनेहरुमाधनपा–वडा नं.८ का ठाईमाया राई, काजमान राई, पुर्ण प्रसाद राई,हाङ्गमाश्वरी राई, डम्वरबहादुर राई, बलबहादुर राई, देवकुमारी राई, जिव्वाश्वरी राई, आवारमान राई, धोदबहादुर राई, चित्रबहादुर राई, असारबहादुर राई लगायतका ६९ जना रहेका छन् । सो अवसरमा बाेल्दै नगर प्रमुख तामाङले चालु आवमा नगर क्षेत्रका १ सय ५ विपन्न घरधुरीलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेकोमा वडा नं.८ मामात्र ६९ घरमा जस्तापाता  वितरण गरिएको बताए । उनले बाँकी ३६ घरधुरी भने अन्य वडाको रहेको र उनीहरुलाई पनि चाँडै जस्ता वितरण गर्ने नगरपालिकाले योजनातयारी गरेको बताएका छन् ।  आयोजित कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.८ का ६९ घर परिवारलाई प्रमुखतामाङले जस्ता प्रदान गरेका छन् । सो अवसरमा बाेल्दै प्रमुखतामाङले धनकुटा नगरपालिका वडा नं.८ मा बसोवास गर्ने आठपहरिया समुदायआर्थिक, शैक्षिक, खानेपानी, स्वास्थ्य सबै दृष्ट्रिकोणले पछि रहेकाले जीवन-स्तर उठाउन सहयोग गरेको बताएका छन् । उनले अव पछि परेका आठपहरिया समुदायको आर्थिक हिसाबले जीवन स्तर उकास्नको लागी व्यावसायिक पशुपालन र कृषि खेतीको कार्यक्रम ल्याउने बताएका छन् ।

सो अवसरमा वडा नं.८ का वडाध्यक्ष सुमन राईले वडाबासीको हितमा नगरपालिकाले ल्याएको जस्तापाता वितरण कार्यक्रमआफैमा प्रभावकारी भएको बताएका छन् । राईले विपन्नवर्गको पहिचान गरेर नगरपालिकाले जस्तापाता वितरण गरेको बताएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त रार्ईले चालु आवमा नगरपालिकाले ५२ लाख, १० हजार,७३ हजार मुल्य रुपैयाँ बराबरको जस्ता पत्ताखरिद गरेर वितरण गरिहेको बताएका छन् । आगामीवर्ष पनि यस कार्यक्रमलाई निरन्तरतादिने प्रमुख प्रशासकिय अधिकृत राईले बताएका छन् । कार्यक्रमको संचालन धनकुटा नगरपालिका इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले गरेका थिए ।