पानवारी । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर धरानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
१ सय ९८ औं अन्तराष्ट्रिय नर्सिङ सिदवसको अवसरमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ इकाइ कमिटिको आयोजनामा धरान–१५ स्थित वडा कार्यालय परिसरमा शिविरको आयोजना गरिएको थियो । शिविरमा निःशुल्क मधुमेह तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण गरिएको थियो । शिविरमा विभिन्न ७ वटा ओपिडि विभागबाट चिकित्सकहरु परिक्षणका निम्ति आएका थिए ।
शिविरमा डा. प्रविन शाह र डा. दिक्षा खनालले स्त्री रोगको परिक्षण गरेका थिए । शिविरमा १ सय २ जनाले सेवा लिएको धरान १५ नं. वडाध्यक्ष नरेश इवारमले जानकारी दिएका छन् । शिविरमा स्वास्थ्य परिक्षण गराएका मध्ये २० प्रतिशतलाई मधुमेह लागेको भेटिएको चिकित्सकले बताएका छन् । शिविरको उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी प्रमुख अतिथि रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता विपि प्रतिष्ठान नर्सिङ इकाइ अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।