पानवारी । बृहत यौनिकता शिक्षा संम्बन्धि ३ दिने तालिम कोइकाको आर्थिक सहयोग, नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, यनेस्को, यू.एन.एफ.पी.ए. र यू.एन.वुमन द्वारा १ प्रदेशको इटहरीमा सम्पन भएको छ । तालिममा रौतहट, सर्लाही र सुनसरीका महिला विकास कार्यलय, शिक्षा विकास समन्वयन इकाई, जनस्वास्थ्य कार्यलयका प्रतिनिधि २५ जना सहभागी थिए । तालिममा डा. खेम कार्की, प्रा. डा. रामकृष्ण मर्हजन र शिक्षा मन्त्रालयका सहसचिव प्र.डा. धुव्र राज रेग्मीले सहजिकरण गर्नुभएको तालिममा यौन र यौनिकता शिक्षा सम्बन्धि बृहत छलफल भएको थियो ।
यौन शिक्षाको बृहत परिभाषा, यौनिक व्यावहार, यौन, यौनाङग प्रजनन अङग लागायत यौनिकता विभिन्न चक्रमा देखा पर्ने जैविक र शारीरिक परिर्वतनका बारे छलफल भएको थियो ।
त्यसै गरी सामुदायीक सिकाई केन्द्रका सहर्जकर्ताका लागि कार्यमूलक यौनिकता शिक्षामा आधारी २०७५ साल बैशाख २४ देखि २८ गते सम्म हुने गरी तालिम सुरु भएको छ । कोइकाको आर्थिक सहयोग, नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, यनेस्को, यू.एन.एफ.पी.ए. र यू.एन.वुमन द्वारा तालिमको आयोजना सुरु भएको छ । यौन शिक्षा, एकीकृत निरन्तर शिक्षा कार्यक्रमको उद्देश्य, १०–२४ वर्षका केटाकेटीका विशषता, निरन्तर शिक्षामा स्थानियता आवश्यकताका विषय वस्तु, यौनिक शिक्षाका विषयवस्तुको औचित्य र महत्व, यौनिक शिक्षा सम्बन्धि पुरक सामाग्री,अध्ययन, विश्लेषन र छलफल समेत हुने छ ।
त्यस्तै गरी सुक्षम पढाई तथा लेखाई र पृष्ठपोषण, वयष्क सिकाईका सिद्धान्तहरु , निरन्तर शिक्षा तह १ र २ को सक्षमताहरुको परिचय, असल सहजकर्ताको गुण र निरन्तर शिक्षामा उसले खेल्नुपर्ने भूमिका लगायतका विषयमा सहर्जकता प्रा.भोला के.सी. र पवन अधिकारीले सहजिकरण गर्ने युनेस्कोका प्रतिनिधि घनेन्द्र मिश्रले जानकारी दिए ।