धरान/ सिल्भर इन्टरटेनमेन्टले मंगलबार धरानमा नँया वर्षको क्यालेन्डर विमोचन गरेको छ । मिस पुर्वान्चल २०१७ लगायत सहभागिहरुलाई कार्यक्रममा सामेल गर्याइ विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
मिस पुर्वान्चलका मुल आयोजक सिल्भर इन्टरटेनमेन्टले धरानमा चेसुङ वाइन २०७५ क्यालेन्डर विमोचन गरेको हो । मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बू, फस्ट रनर अप सिमरन श्रेष्ठ, सेकेण्ड रनर अप अनु ढुंगाना, मिस क्याटवाक एस्तर तामाङ, मिस धरान विपना श्रेष्ठसँगै तिनजुरे वाइन इण्डस्ट्रिजका बोर्ड अफ डाइरेक्टर प्रकाशकुमार श्रेष्ठ, गजुरमुखी ट्रेड एण्ड सर्भिस लिङ्कका सिइओ गोपाल आचार्य, बराह ग्रुप प्रालिका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, सिल्भर इन्टरटेनमेण्टका अध्यक्ष दिपक बनेपाली र प्रोमोटर राजेन्द्र गुरुङले संयुक्त रुपमा चेसुङ वाइन २०७५ क्यालेण्डर विमोचन गरिएका थिए ।
बराह इन्ड्रस्टिज प्रालि धरानका प्रशासनिक अधिकृत गंगा कालिकोटे, तिजुरे वाइन इन्ड्रस्टिजका निर्देशक प्रकाशकुमार श्रेष्ठ, मिस पुर्वान्चल २०१७ की बिजेता रुबि लिम्बु लगायत सहयोगी संघसस्थाहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको सिल्भर इन्टरटेनमेन्टका व्यबस्थापक सौरभ श्रेष्ठले बताए।