बुढाशुब्वा म्युजीक भिडियो मार्फत युट्युवमा चर्चित गायिका मेलिना राई र केबि लामाको आवाजमा रहेको नयाँ गीत “तिम्रो मेरो” सार्वजनिक भएको छ । यहि बैशाख २४ गते सर्बजनिक भएको उक्त गीतमा फणीन्द्र घोलेको शब्द रचना अनि संगीत रहेको छ भने दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।
सोहि दिन उक्त गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेको सम्पादन रहेका हन् । भिडियोमा रन्जिता गुरुङ, किस्मान तामाङ र शुभेच्छा घोलेको अभिनय रहेको छ, भने भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् ।
यस्तै भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार व्यबस्थापन गरेको छ । पारिवारिक माया र भावना समेटेर तयार गरियको भिडियोलाई पकै पनी आम दर्शकले मन पराउने विश्वास गरिएको शब्द रचना अनि संगीतकार फणिन्द्र घोलेले बताए ।