इटहरी/ राष्ट्रिय गौरभको योजना अन्तरगत विराटनगर–धरान ६ लेन सडक निर्माण कार्यमा इटहरीमा नेपाली काग्रेस बाधक बनेको छ । नेपाली काग्रेस इटहरीले विराटनगर,दुहवी र खनार क्षेत्रकै आधारमा इटहरीमा सडक विस्तार हुनु पर्ने माग राखेको छ । सरकारले सडक ८२ फिट चौडा भएको बनाउँने निर्णय गरे पनि काग्रेस इटहरीले भने बाटो सानो बनाउँन माग राखेको हो ।
नेकपा एमाले र माओवादीले इटहरीको मुख्य हाईवेमा सरकारी मापदण्ड अनुसार सडकको चौडाई नघटाउँन स्पष्ट धारणा राखे पनि काग्रेस इटहरीले भने सडक विस्तार विराटनगरबाट आएकै चौडाई सँग मिल्दोजुल्दो हुनु पर्ने माग रोखेको छ । सरकारले राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाई सेन्टर लाइनबाट दाँया-बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय अनुसार बाटो बनाउँने निर्णय गरे पनि इटहरीमा विवादको कारण सडक बिस्तार केहि समय देखि रोकिएको छ ।
नेपाली काग्रेस इटहरीका नगर सचिव प्रकाश बस्नेतले ६ लेन बाटो विराटनगर दुहवी जस्तै गरी इटहरीमा पनि समान गर्नु पर्छ । एउटै बाटोमा फरक फरक ठाउँमा किन बाटो बनाएको ? उनले प्रश्न गरे । व्यापारिक बिस्तारमार्ग कोहि ठाउँ सानो,कोहि ठाउँ ठुलो बनाउँदा हाईवे राम्रो देखिदैन त्यस कारण विराटनगरबाट आएकै मापदण्डमा इटहरीमा बाटो बनाईयोस उनले भने । उनले त्यसो भने पनि इटहरी चौक आसपासमा काग्रेसी नेताहरुको घर भत्कने डरले काग्रेस सडक बिस्तारको बाधक भएको भन्दै इटहरीमा काग्रेसको तिब्र आलोचना भईरहेको छ ।
नेकपा एमाले इटहरीका अध्यक्ष रेवती घिमिरेले एक विज्ञप्ती जारी गदै सडक विस्तार अभियानमा बाधक नबन्न सबैलाई आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ सरकारले ८२ फिट चौडा हुने गरी सडक विस्तार गर्ने लागेको बेला इटहरीमा छलफल गर्नुको कुनै औचित्य नरहेको प्रष्टाएको छ । ५० वर्ष पछिको इटहरीलाई दृष्टिगत गरी बाटो निमार्ण गर्नु पर्ने बताएको छ । नेपाल सरकारको मापदण्ड अनुसार तत्काल बाटो बिस्तारको काम गर्ने एमाले इटहरीले अपिल गरेको छ । एमालेलाई सानो बाटो बनाए मान्य नहुने भन्दै एमालेका केहि नेताहरुले विरोध जनाए पछि एमाले इटहरीले विज्ञप्ती नै जारी गरेर ८२ फिट चौडाको बाटो बनाउँन अपिल गरेको हो ।
माओवादी केन्द्र इटहरीका इन्चार्ज सागर सुवेदी ८२ घट्नु भएन । राष्ट्रिय गौरभको योजनाको कार्यक्रममा अबरोध गनुै हुदैन । इटहरीले अन्य शहरहरुसँग तुलना गरी बाटो सानो बनाउँ भन्दैै हिड्नु हुदैन,इटहरीले बरु बाटो निमार्ण बढाउँनु पर्छ सुवेदीले थपे । इटहरी विराटनगर र दुहवी जस्तो शहर हैन , प्रदेशको केन्द्र भएको हिसाबले पनि इटहरीमा बाटो सडकको केन्द्र देखि २५ र २५ मिटर भन्दा कम भए माओवादीलाई मान्य नहुने उनको धारणा छ । पार्टीले मात्र हैन आम जनताले इटहरीको विकास बाधकहरुको विरुद्ध आवाज उठाउँनु जरुरी रहेको माओवादी नेता सुवेदीको तर्क छ । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने निर्णय भएको थियो । यो सडक १० अर्ब ९८ करोडको लागतमा निमार्ण हुने छ ।